नियम २५
सरकारी कर्मचारी उपर नालिस, उजुर, पुनरावेदन परेमा गर्ने
  सरकारी काम कारबाहीको सम्बन्धमा कुनै सरकारी कर्मचारी उपर परेको नालिस, पुनरावेदन उजुर बारे अदालतबाट इतलायनामा वा सूचना सो कर्मचारीले पाएपछि निजले सो मुद्दामा नेपाल सरकारको तर्फबाट प्रतिरक्षा होस् भन्ने चाहेमा विभागीय प्रमुख समक्ष निम्न लिखित कुराहरु खुलाई तुरुन्त प्रतिवेदन गर्नु पर्नेछः–
(क) मुद्दाको नाम र सङ्ख्या,
(ख) कुन मितिमा कुन अदालतमा दायर गरिएको हो सो कुरा,
(ग) सबै पक्षहरुको नाम नामेसी,
(घ) दाबीको मोल बिगो,
(ङ) अदालतमा प्रत्युत्तर वा प्रतिवाद गर्नु पर्ने म्याद र सो म्याद थमाउनु पर्ने भए सो कुरा,
(च) नागरिक अधिकार ऐन, २०१२ को दफा १९ मा वा प्रचलित नेपाल कानूनबमोजिम मुद्दा गरिने सूचना प्राप्त भएको छ छैन ? प्राप्त भएको भए प्राप्त भएको मिति,
(छ) मुद्दामा वादीले पेश गरेको र प्रतिवादीबाट पेश हुने प्रमाणका लिखत कागजात,
(ज) सम्बन्धित सरकारी वकीलको राय, र
(झ) मुद्दासम्बन्धी भए गरेका लेखापढी वा अन्य कारबाहीका कागजात ।